अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीले बोलाए बृहत् बैठक

अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीले बोलाए बृहत् बैठक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि आज बृहत् बैठक  आह्वान गरेका छन्। 

अर्थतन्त्रको वर्तमान अवस्था र चाल्नुपर्ने कदमका विषयमा सरकारी निकायबीच छलफल गर्न प्रधानमन्त्रीले अपराह्न ४ बजे बैठक बोलाएका हुन्।

सोमबारको छलफलमा अर्थ मन्त्रालय, योजना आयोग र राष्ट्र बैंक लगायत सरकारी निकायका प्रतिनिधि सहभागी हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। ‘अर्थतन्त्र सुधारका विषयमा निजी क्षेत्रसँग बृहत् बैठकका लागि​पूर्वतयारीस्वरूप प्रधानमन्त्रीले सरकारी अन्तरनिकायका प्रतिनिधसँग छलफलल गर्न लाग्नुभएको हो’, उनले भने।

आचार्यका अनुसार बैठकस्थल भने तय भइसकेको छैन।

Recent Comments

No comments to show.