आज २०८० मंसिर ४ गते साेमवार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज २०८० मंसिर ४ गते साेमवार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौ । २०८० मंसिर ४ गते, साेमवार, २० नाेभेम्बर २०२३। कार्तिक शुक्लपक्ष अष्टमी तिथि। धनिष्ठा नक्षत्र। चन्द्रराशि मकर, ११ः१० बजेपछि कुम्भ।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,

यात्रा सफल हुनेछ । नयाँ पद र प्रतिष्ठा पाइने सम्भावना छ । सुन्दर देखिन मन लाग्नेछ ।

वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिमा फाइदा भए पनि प्रेममा धोका पाइने छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

दाम्पत्य जीवन सामान्य देखिन्छ। रोगले सताउने भएकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आजको दिन राम्रो छ। उन्नति प्रगति हुने देखिन्छ। अपरिचितबाट राम्रो साथ मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ।

कन्या  (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

दिन निक्कै राम्रो छ। अधुरा काम बन्नेछन्। आफ्नै काममा सफलता मिल्नेछ। पारिवारिक सहयोग मिल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

दिन राम्रो छ। रोगले सताउने देखिन्छ। विद्याको क्षेत्र तपाईंलाई फाइदा हुनेछ। सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अधुरा काम बन्नेछन्। राजनीतिक संगठनबाट राम्रो सहयोग मिल्ने देखिन्छ। गणेश भगवानलाई सम्झिएर काम गरे सफलता मिल्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

दिन सामान्य छ। बोलीमा मिठास मिल्नेछ। स्वास्थ्यमा समस्या देखिनसक्छ। सोचेकका काममा बाधा व्यावधान हुने देखिन्छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

दिन सामान्य राम्रो छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। शुभ समाचार सुन्न पाइएला । सामाजिक क्षेत्रमा सफलता पनि मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

दिन सामान्य छ। खर्च हुने देखिन्छ। रोग बढ्नसक्छ। घाटा हुँदा धेरै ठूलो हुने भएकाले सचेत भएर काम गर्नुहोला।

मिन (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आजको दिन राम्रो छ। अधुरा काम बन्नेछन्। व्यापार, व्यवसायमा लाभ मिल्नेछ । गणेश भगवानको सम्झना गर्दा फाइदा हुनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस्  ।

Recent Comments

No comments to show.