काठमाडौं । इलामको लसुनेमा भएको बस दुर्घटनामा एकजना १२ वर्षीय बालकको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका-९ धारापानीबाट इलाम शैक्षिक भ्रमण गरी फर्किने क्रममा ना ६ ख ८४२४ नम्बरको बस सडकबाट करिब तीन सय मिटर तल खसेर दुर्घटना भएको हो।
मृत्यु हुनेमा धनुषाधाम नगरपालिका ९ का १२ बर्षिया अर्पण लामा रहेका छन् । बसमा सवार ३७ जनामध्ये ३५ जना घाइते भएका छन्।
दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी टोली तत्काल घटनास्थलमा पुगी घाइतेलाई उद्धार गरी उपचारका लागि झापा पठाएको छ।उपचारकै क्रममा अर्पणको मृत्यु भएको हो।
प्रतिक्रिया