एनआईसी एशिया क्यापिटलले सोमबारदेखि एनआईसी एशिया ग्रोथ फण्ड २ निष्काशन गर्दै

एनआईसी एशिया क्यापिटलले सोमबारदेखि एनआईसी एशिया ग्रोथ फण्ड २ निष्काशन गर्दै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । एनआइसी एशिया क्यापिटल लिमिटेडले एनआइसी एशिया ग्रोथ फण्ड २ निष्काशन गर्ने भएको छ । क्यापिटलले भोलि अर्थात मंसिर ४ गते प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन भएको हो ।

निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्धक एनआइसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।

जसमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।

सो फण्डको इकाईमा मंसिर ७ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिमा माग बमोजिम आवेदन नपरेको खण्डमा मंसिर १८ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। ७ वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।

Recent Comments

No comments to show.