वैदेशिक लगानीमा देखिँदैछ सुधार, चार महिनामै १८ अर्ब रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता

वैदेशिक लगानीमा देखिँदैछ सुधार, चार महिनामै १८ अर्ब रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामा १८ अर्ब बढी वैदेशिक लगानी प्रतिबद्धता भएको छ । उद्योग विभागबाट प्राप्त तथ्याङ्कले यस्तो देखाएको हो । 

चालु आवको साउन, भदौ, असोज र कात्तिकमा १७८ परियोजनामार्फत १८ अर्ब ३५ करोड ४३ लाख तीन हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता भएको हो । 

कात्तिक मसान्तसम्ममा सेयर पर्चेज एग्रिमेन्ट(एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट(टीटीए) क्षेत्रसहित नयाँ उद्योगमा गरी लगानी प्रतिबद्धता जनाएका छन् ।

विभागका अनुसार कात्तिकमा मात्रै २७ परियोजनामार्फत एक अर्ब ७५ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता भित्रिएको हो। चार महिनामा सबैभन्दा धेरै साना उद्योग १७०, मझौला पाँच र तीन वटा ठूला उद्योगमा लगानी प्रतिबद्धता आएको छ। नेपालमा सबैभन्दा सेवामूलक, उत्पादनमूलक, पर्यटन, सूचना प्रविधिमूलक क्षेत्रमा बढी विदेशी लगानी भित्रिने गरेको छ। 

सेवामूलक उद्योग ६९, उत्पादनमूलक १२, पर्यटन ८६, सूचना प्रविधि पाँच, पूर्वाधारमूलक चार, खानीजन्य र कृषिजन्य उद्योग एकर एक उद्योगमा लगानी प्रतिबद्धता आएको छ। गत असोज महिनामा १६ अर्ब ६० करोड ४३ लाख लगानी प्रतिबद्धता आएको थियो। 

अघिल्लो भदौ महिनामा मात्र ५१ वटा परियोजनामार्फत दुई अर्ब ७२ करोड २४ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता भएको विभागले जनाएको छ ।  गत साउन महिनामा ६० उद्योगमार्फत ११ अर्ब ९३ करोड १८ लाख ३० हजार रुपैयाँ लगानीको प्रतिबद्धता आएको हो। साउन महिनामा सबैभन्दा धेरै विदेशी लगानीको प्रतिबद्धता आएको थियो।

सुरुदेखि हालसम्म छ हजार ३७ परियोजनामा चार खर्ब ६८ अर्ब ३२ करोड ३२ लाख २४ हजार रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता आएको छ। 

नेपालमा प्रतिबद्धताको ३० देखि ३५ प्रतिशत रकम मात्र भित्रिने गरेको छ। नेपालमा लगानी गर्ने भनेर प्रतिबद्धता गरे पनि लगानी भने न्यून मात्र भित्रिने गरेको पाइएको छ।  

Recent Comments

No comments to show.