सरकारले तोक्यो कफीको न्यूनतम् समर्थन मूल्य

सरकारले तोक्यो कफीको न्यूनतम् समर्थन मूल्य

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफीको न्यूनतम् समर्थन मूल्य तोकेको छ । प्रत्येक वर्ष मूल्य निर्धारण गर्ने प्रचलनअनुसार बोर्डले देशमा उत्पादन हुने कफीको मूल्य निर्धारण गरेको हो ।

बोर्डले मंसिर १ गतेदेखि लागू हुने कफीको समर्थन मूल्य प्रतिकिलो न्यूनतम ८० रुपैयाँदेखि अधिकतम ५०० रुपैयाँसम्म तोकेको छ।

सरकारले निर्धारण गरेको यो मूल्यमा किसानबाट उद्योगी व्यवसायीले र सर्वसाधारणले कफी किन्न पाउनेछन् ।

कृषकबाट उत्पादित पाकेको ताजा चेरी कफीको न्यूनतम समर्थथन मूल्य ‘ए’ ग्रेडको कफीको मूल्य प्रतिकिलो १०० रुपैयाँ तोकेको छ भने ताजा चेरी कफी ‘बी’ ग्रेडको ९० रुपैयाँ तोकेको छ।

यस्तै, चिसो प्रसोधन विधिअन्तर्गत प्रसोधन गरी तयार गरिएको (११ प्रतिशत चिस्यान भएको) पार्चमेन्ट कफी ग्रेड ‘ए’ को मूल्य प्रतिकिलो ५०० रुपैयाँ तोकिएको छ भने ‘बी’ ग्रेडको कफीको मूल्य प्रतिकिलो ४५० रुपैयाँ तोकिएको छ।

यस्तै, चिसो प्रसोधन विधिबाट प्रसोधन नगरी कफी चेरीलाई घाम वा कुनै माध्यमबाट सुकाएर ११ प्रतिशत चिस्यान भएको ड्राइ चेरी कफीको न्यूनतम समर्थन मूल्य ‘ए’ ग्रेडको प्रतिकिलो २०० रुपैयाँ र ‘बी’ ग्रेडको १५० रुपैयाँ तोकिएको छ।

अहिले गुल्मी, पाल्पा, अर्घाखाँची, ललितपुर, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक, लमजुङ्ग, कास्की, गोर्खा, स्याङ्जा, पर्वत, बाग्लुङ लगायतका ४० जिल्लामा कफीको व्यवसायिक रुपमा खेती हुँदै आएको छ ।

Recent Comments

No comments to show.