सुनको भाउ एकैदिन २३ सयले बढ्यो, चाँदीमा पनि वृद्धि

सुनको भाउ एकैदिन २३ सयले बढ्यो, चाँदीमा पनि वृद्धि

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । मंसिर महिनाको पहिलो कारोबार दिन सुनको भाउ २ हजार ३०० रुपैयाँले बढेको छ । तिहार अघि अर्थात कात्तिक २७ गते १ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज शुक्रबार १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रति तोला एक लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । यता आज चाँदी १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी कात्तिक २७ गते १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको कारोबारका आधारमा सुन चाँदीको भाउ निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९८४ दशमलव ४५ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २३ दशमलव ८१ डलरमा कारोबार भइरहेको छ ।

Recent Comments

No comments to show.