काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले ३० औं वार्षिकोत्सवको अवसरमा भारी छुटको अफर ल्याएको छ ।
स्टोरले वार्षिक उत्सवको सुखद अवसरमा हरेक सामान खरिदमा १० देखि ३० प्रतिशतसम्म छुट अफर ल्याएको हो ।
यो अफर शनिबार र आइतबार लागू हुनेछ । खाद्यान्न लगायत घरायसी प्रयोजनका सम्पूर्ण सामानहरूमा छुट-बहारको अफर ल्याइएको संस्थाले जनाएको छ ।
संस्थाका अनुसार यो छुट काठमाडौं र पोखराका सम्पूर्ण शाखाहरूमा उपलब्ध हुनेछ । साथै, ५ हजार रुपैयाँभन्दा माथिको हरेक सामान खरिदमा विशेष उपहारको समेत व्यवस्था गरिएको छ ।a
प्रतिक्रिया