जुवातास खेल्ने १६५ जना पक्राउ, ३५ लाख बरामद

जुवातास खेल्ने १६५ जना पक्राउ, ३५ लाख बरामद

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तिहारमा तास, लङ्गुरबुर्जा र जुवा खेलेको अभियोगमा १६५ जनालाई पक्राउ गरिएको छ । प्रहरीले उनीहरूका साथबाट ३४ लाख ६२ हजार ८८५ बरामद गरेको छ ।

यही कात्तिक ११ गतेदेखि आज बिहानसम्म काठमाडौंका १३, ललितपुरका चार र भक्तपुरका दुई स्थानबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई प्रक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले ६९ बुक तास, बीस हजारको एक थान चेकसमेत बरामद गरेको छ ।

सोही अवधिमा प्रहरीले पटका बेचेको अभियोगमा आठ जनालाई नियन्त्रणमा लिएको थियो । उनीबाट विभिन्न प्रकारका ३० हजार थान पटका बरामद गरिएको थियो ।

उक्त अवधिमा काठमाडौं उपत्यकामा १४ स्थानमा आगलागी भएको र त्यसबाट आठ करोड ७७ लाख ४५ हजार बराबरको क्षति भएको थियो ।

आगलागीमा परी भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं १ लोकन्थली बस्ने ८२ वर्षीय एक वृद्धको मुत्यु भएको थियो । लक्ष्मीपूजा गर्ने क्रममा आगलागी भएको थियो ।

सोही अवधिमा भएका सडक दुर्घटनामा सात जनाको मृत्यु र तीन सय ३० जना घाइते भएका थियो । करिब एक करोड बराबरको धनमाल चोरी भएको र शंकास्पद सात जनालाई पक्राउ गरिएको थियो ।

यसैबीच केन्द्रीय प्रहरी समाचार कक्षले आज जनाएअनुसार कौडा खेलिरहेको अवस्थामा नुवाकोटबाट २१ जना तथा जुवातास खेलेको अभियोगमा सल्ल्यानबाट १३ जनालाई पक्राउ गरिएको छ ।

Recent Comments

No comments to show.