‘सामाजिक न्यायका लागि शङ्खधरले खेलेको भूमिका अविस्मरणीय’

‘सामाजिक न्यायका लागि शङ्खधरले खेलेको भूमिका अविस्मरणीय’

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ‌ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सामाजिक न्यायका लागि शङ्खधर साख्वाले खेलेको भूमिका अविस्मरणीय रहेको बताएका छन्। 

नेपालको मौलिक संवत् नेपाल संवत् ११४४ शुभारम्भका अवसरमा शुभकामना दिँदै उनले साख्वा एक प्रगतिशील सामाजिक अभियन्ता र नेपाल संवतका प्रवर्तकका रूपमा रहेको बताए।

देशकै गरिमा र मौलिकताका निम्ति उनले पुर्‍याएको योगदान सबैका लागि प्रेरणादायी रहेको भन्दै प्रधानमन्त्री दाहालले जनतालाई ऋणबाट मुक्त पार्ने अभियानका अभियन्ता साख्वाले समकालीन समाजमा परिवर्तनको महत्त्वपूर्ण जग बसालेको जनाएका छन्।

आफ्नो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले नेपाल संवतलाई राष्ट्रिय संवतकाे मान्यता दिने ऐतिहासिक निर्णय गरेको स्मरण गर्दै उनले यसले सम्पूर्ण नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। 

Recent Comments

No comments to show.