काठमाडौँमा २४सै घण्टा सौहार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्नोस्ः प्रहरी

काठमाडौँमा २४सै घण्टा सौहार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्नोस्ः प्रहरी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । तिहारमा काठमाडौँ २४सै घण्टा देउसीभैलो खेल्न पाइने भएको छ ।

प्रहरी र सुरक्षा समितिले तिहारमा देउसीभैलो खेल्न कुनै सीमित समय निर्धारण नगरेको भन्दै काठमाडौँ २४सै घण्टा सौहार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्न पाइने जनाएको हो ।

काठमाण्डौ प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्रबहादुर खत्रीले सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले देउसीभैलो खेली तिहार मनाउन आग्रह गर्नु भएको छ । उहाँले कसैले समय तोकेर देउसीभैलो खेल्न अवरोध गरे प्रहरीलाई खबर गर्न आग्रह गरे ।

काठमाडौँमा आफ्नो संस्कृतिअनुसार देउसीभैलो खेल्नका लागि कुनै सीमित समय तोकेका छैनौँ। प्रहरी र सुरक्षा समितिले काठमाण्डौमा २४ सै घण्टा सौहार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्न खुला रहेको छ । प्रहरी २४सै घण्टा सुरक्षा दिन तयार छ । तर नागरिकहरुले कुनै उश्रृङ्खल क्रियाकलाप नगरि सौहार्दपूर्ण रुपमा खेल्न आवश्यक छ उनले भने ।

Recent Comments

No comments to show.