लेवान्डोस्की चम्किँदा बार्सिलोनाको जित

लेवान्डोस्की चम्किँदा बार्सिलोनाको जित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । रोबर्ट लेवान्डोस्कीले दुई गोल गरेको खेलमा बार्सिलोना ला लिगा फुटबलमा विजयी बनेको छ। आइतबार घरेलु मैदानमा बार्सिलोनाले आल्भेसलाई २–१ ले हराएको हो। 

खेल सुरु भएको १८ सेकेन्डमै सामु ओमोरोडियनले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए। बार्सिलोनाको जितमा दुवै गोल लेवान्डोस्कीले गरे। 

दोस्रो हाफमा लेवान्डोस्कीको गोलमा बार्सिलोना खेलमा फर्किएको थियो। खेल सकिन १२ मिनेट अघि प्राप्त पेनाल्टीमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाएका हुन्।

प्राप्त जितले बार्सिलोनालाई लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। ३० अंक रहेको बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँगको दुरी २ अंकमा र शीर्ष स्थानको गिरोनासँगको दुरी ४ अंकमा झारेको छ । 

Recent Comments

No comments to show.