भण्डारण गरी राखिएको १ करोड बढीको भारतीय फूलका माला बरामद

भण्डारण गरी राखिएको १ करोड बढीको भारतीय फूलका माला बरामद

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रुपन्देहीको भैरहवास्थित मायादेवी गाउँपालिका-८ बसडिलवाको एक कोल्ड स्टोरमा ठूलो परिमाणमा भारतीय फूलको माला भण्डारण गरेर राखेको अवस्थामा फेला परेको छ ।

भारतबाट भन्सार छली भित्र्याइएको अनुमान गरिएको करोड बढी मूल्य पर्ने फूलको माला भैरहवाको सिद्धार्थ कोल्ड स्टोरमा फेला परेको रुपन्देही प्रहरी स्रोतको दाबी छ । माला भारतबाट भन्सार छलेर ल्याइएको आकलनमा प्रहरीले अनुसन्धान सुरू गरेको छ।

तिहारलाई लक्षित गरी जिल्लाका किसानहरूले उत्पादन गरेको फूल बारीमै कुहिने अवस्थामा पुग्दा कोल्ड स्टोरमा भण्डारण गरेर राखिएको अवस्थामा फूलका माला बरामद भएको हो।

स्थानीयका अनुसार उक्त फूलका माला छुटाउन प्रहरीलाई राजनीतिक दवाबसमेत दिइएको बताइएको छ। फूलको अवैध आयातकर्ताहरुले राजनीतिक पहुँचको दुरूपयोग गर्दै प्रहरीलाई दवाब दिने गरेको र त्यताबाट सम्भव नभएपछि रातारात फूलखेती गर्ने किसानबाट नक्कली बिल बनाउने प्रयास समेत भइरहेको पाइएको छ।

Recent Comments

No comments to show.