काठमाडौ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले धरानमा विमानस्थल निमार्णका लागि सम्भाव्यता अध्ययन गर्न तीन सदस्यीय कमिटी गठन गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले धरानमा विमानस्थल बनाउन अध्ययन समिति तत्काल गठन गर्न प्राधिकरणलाई निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार प्राधिकरणले तीन सदस्यीय कमिटी गठन गरेको हो ।
प्राधिकरणले प्रबन्धक इन्जिनियर नलविक्रम थापाको संयोजकत्वमा प्रबन्धक अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल सदस्य रहेको तीन सदस्यीय कमिटी गठन गरेको हो ।
प्रतिक्रिया