भरतपुर महानगरपालिका र सिगात्से सहरबीच समझदारी

भरतपुर महानगरपालिका र सिगात्से सहरबीच समझदारी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । भरतपुर महानगरपालिका र चीनको सिगात्से सहरबीच भगिनी सम्बन्ध कायम भएको छ । दुवै नगरका प्रमुखले त्यससम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर गरेका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्से सहरका प्रमुख लिउ स्वाचुङले समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

प्रारम्भमा पाँच वर्षका निम्ति भगिनी सम्बन्ध कायम गरिएको छ । समझदारीपत्र अनुसार दुवै सहरमा साझा समृद्धिलाई प्रवर्द्धन गर्न दुवै पक्षले अर्थतन्त्र, संस्कृति, कृषि, पशुपालन र पर्यटनलगायत क्षेत्रमा सहयोग आदान–प्रदान गरिने छ ।

Recent Comments

No comments to show.