डिप्रोक्स लघुवित्तको लाभांश घोषणा

डिप्रोक्स लघुवित्तको लाभांश घोषणा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तीन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफा ओरालो लागेको छ ।

असोज मसान्तसम्ममा कम्पनीको मुनाफा १०.९६ प्रतिशतले घटेर ८ करोड ८२ लाख ६५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ९ करोड ९१ लाख ३० हजार रुपैयाँ रहेको थियो ।

यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी ०.५३ प्रतिशतले बढेर ३३ करोड ४२ लाख ४२ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ३३ करोड २४ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १४ करोड १६ लाख १५ हजार रुपैयाँ संचालन नाफा गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा १०.९६ प्रतिशतले घटेर १२ करोड ६० लाख ९३ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा १२.४७ प्रतिशतले घटेर ६७ करोड ३६ लाख २९ हजार रुपैयाँ, चुक्तापूँजी १ अर्ब ५५ करोड १० लाख ८८ हजार रुपैयाँ, जगेडा कोष १ अर्ब २० करोड ५७ लाख ४४ हजार रुपैयाँ र खराब कर्जा ५.१४ प्रतिशत रहेको छ ।

यसअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ७६ पैसा र प्रतिसेयर नेटवर्थ २२१ रुपैयाँ १६ पैसा रहेको छ ।

Recent Comments

No comments to show.