एन्फाको विशेष साधारण सभा आज हेटौँडामा

एन्फाको विशेष साधारण सभा आज हेटौँडामा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभा बिहीबार हेटौंडामा हुँदैछ। बिहान ८ बजे हेटौँडा–४ स्थित रोयल पार्टी प्यालेसमा हुन लागेको हो।

साधारण सभामा अध्यक्ष पंकजविक्रम नेम्वाङले आफूविरुद्ध लागेको अविश्वासको प्रस्तावको सामना गर्दै छन् । गत भदौ २५ गते अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गर्दै एन्फाका ४९ सदस्यले अविश्वास प्रस्ताव राखेका थिए ।

उनीहरूले एन्फाका अध्यक्ष र महासचिव नेपाली फुटबललाई धराशायी बनाउन लागिपरेको र उनीहरू पदमा रहे नेपाली फुटबल क्षेत्र तहसनहस हुने बताएका छन।

साधारण सभामा दुई तिहाइ मत पुगेको अवस्थामा मात्र बर्खास्त हुन सक्ने प्रावधान छ।

Recent Comments

No comments to show.