जुम्लाको विकासका दीर्घकालीन योजनासहित सिडिओसँग सांसद सेजुवालको छलफल

जुम्लाको विकासका दीर्घकालीन योजनासहित सिडिओसँग सांसद सेजुवालको छलफल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसकी नेत्री तथा जुम्लाकी सांसद कान्तिका सेजुवालले जुम्लाको विकासको लागि छलफल गरेकी छिन् ।  

जिल्लालाई सामूहिक हित हुने दीर्घकालिन योजनाहरु, समसामयिक चुनौतीसहित जुम्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)  को कार्यकक्षमा  छलफल  गरेकी गरेकी हुन् ।   

जुम्ली जनताको सेवा र जुम्लाको विकासको सन्दर्भको  गम्भीरतापूर्वक   छलफल भएको थियो । शिक्षा, स्वास्थ्य र सडक लगायतका भौतिक पूर्वाधार विकासको गति अझै सुस्त छ ।   

समाजले प्राप्त गर्नुपर्ने न्यूनतम आधारभूत कुराको समेत अभाव, चाडपर्वको बेला अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको मूल्य वृद्धि तथा कालोबजारी नियन्त्रण, सञ्चार, कृषि, पूर्वाधारलयायत जिल्लाको सम्भावित विषयबस्तु माथि छलफल भएको थियो । 

 गुणस्तरीय शिक्षा र रोजगारीका अभावले युवा विद्यार्थीलाई विदेश पलायन हुन नदिन प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिनुपर्ने, युवा विद्यार्थीलाई लक्ष्य गरी स्वदेशमै रोजगारी सिर्जना गनुपर्नेमा जोड दिएकी थिइन् ।  

जुम्ला हिमाली र पहाडी दुवै क्षेत्रको ऐतिहासिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा भौगोलिक केन्द्रबिन्दु हो, उच्च मूल्य र विविधतायुक्त जडीबुटीको क्षेत्र भएकाले  जडीबुटी उत्पादन क्षेत्रका कृषक लाभान्वित गर्न सकेमा र यहाँको बेरोजगारी समस्यालाई समाधान गर्न सकिने उनको भनाइ थियो ।

Recent Comments

No comments to show.