काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । निरन्तर तीन दिन सुनको मूल्य ओरालो लागेको हो । आज सुन तोलामा ३०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार छापावाला सुनको मूल्य एक लाख १४ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १४ हजार १५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, चाँदी पनि तोलामा २० रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया