राष्ट्रिय वाणिज्य बैंकद्धारा भूकम्प प्रभावित क्षेत्रमा १ करोड आर्थिक सहयोग प्रदान

राष्ट्रिय वाणिज्य बैंकद्धारा भूकम्प प्रभावित क्षेत्रमा १ करोड आर्थिक सहयोग प्रदान

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प पीडितको सहायताका लागि एक करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंक सञ्चालक समिति सदस्य दिलिपकुमार ढुङ्गानाले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई आज एक कार्यक्रमका बीच एक करोड रुपैंयाको चेक रकम हस्तान्तरण गरेका छन् ।

उक्त कार्यक्रममा मुख्य सचिव डा.बैकुण्ठ अर्याल, स्वकिय सचिव गंगा दहाल, बैंक सञ्चालक समिति सदस्यहरु रोमिला ढकाल उप्रेती,सुशिल घिमिरे र लक्ष्मण घिमिरे, नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, उपकार्यकारी अधिकृतहरु देवेश प्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख आनन्द सुवेदी, सिंहदरबार परिसर शाखाका प्रबन्धक अनिश रायमाझी, सहायक प्रबन्धक ईश्वर उप्रेती, सन्दिप अर्याल, गगन लोहारको उपस्थिति रहेको थियो ।

Recent Comments

No comments to show.