ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई दराज ११ः११ मा २० प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई दराज ११ः११ मा २० प्रतिशत छुट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूले दराजको ११ः११ अफरमा दराजबाट अनलाइनमार्फत सामान किन्दा २० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ ।

नोभेम्बर ११ देखि नोभेम्बर २२ सम्म रहने यस छुट योजनाअन्तर्गत ग्राहकहरूले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको १५ देखि २० प्रतिशतसम्म छुट पाइनेछन् ।

बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत वा २ हजार रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताले २० प्रतिशत वा २ हजार ५०० सम्म छुट पाउनेछन् ।

बैंकका कार्डबाहक ग्राहकले छुट पाउनका लागि दराज ए्यापबाट ग्लोबल आइएमई बैंकको कार्डको छुट भौचर संकलन गर्नुपर्नेछ । यी भाैचर चेक आउट प्रक्रियाको क्रममा स्वचालित रूपमा लागू हुनेछन् ।

ग्लोबल आइएमई बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई सहज, निरन्तर तथा इनामदायी किनमेल अनुभव सुनिश्चित गर्दै आएको छ ।

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको छ ।

Recent Comments

No comments to show.