त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट निर्माणका लागि २७ करोड ४० लाखको ठेक्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको फ्लड लाइट जडानका लागि टेण्डर स्वीकृत गरेको छ।

राखेपले सिनामंगलमा कार्यालय भएको एमएसआईपीएल एएसपी पावर जेभीलाई रात्रिकालीन समयमा पनि खेल सञ्चालन गर्न मिल्ने गरी फ्लडलाइट जडानका लागि जिम्मा दिएको हो।

सो कम्पनीले २७ करोड ४० लाख २ हजार २२ रुपैयाँमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडानको ठेक्का पाएको हो। राष्ट्रिय खेलकुद परिषद् मंगलबार एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन २०६३ अनुसार फ्लडलाइट जडानको ठेक्का पाउने कम्पनीको नाम सार्वजनिक गरेको छ।

फ्लडलाइट जडान नहुँदा रात्रिकालिन खेल गर्न सकिएको छैन।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।