अदालतको आदेशपछि रिगलले गरे बाँके प्रहरीमा आत्मसमर्पण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएका योगराज ढकाल (रिगल) ले बाँके प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

बिहीबार रिगल जिल्ला प्रहरी कार्यलय बाँके पुगेर प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन्।

संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्दै सर्वोच्च अदालतले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको थियो।

सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतनकी श्रीमती भारतीले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।