आजदेखि सरकारी कार्यालय ४ बजे बन्द हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । आजदेखि सरकारी कार्यालयको सेवा ४ बजे बन्द हुने भएको छ।

कात्तिक १६ गतेदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय अन्य बेलाको भन्दा एक घण्टा अघि हुने नियम छ ।

जसअनुसार बिहीबारदेखि बिहान १० बजे खुल्ने सरकारी कार्यालय अपरान्ह ४ बजे बन्द हुनेछन् । अन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालय खुल्ने छन् ।

जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोकेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।