काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीगत फोरमहरुमा मात्रै नभएर मुलुकको हितको लागि छलफल गर्ने छुट्टै फोरम बनाउन आवश्यक रहेको बताएका छन । नेकपा एमालेले आयोजना गरेको चियापान कार्यक्रममा सहभागि हुँदै उनले यस्तो बताएका हुन ।
सभापति लामिछानेले विभिन्न चाडपर्वहरुको अवसरमा आयोजन हुने चियापान कार्यक्रमले पार्टीहरु बीच सद्भाव बढाउन मद्दत गर्ने बताए । उनले सबै राजनीतिक दलहरुको राष्ट्रिय हितमा छलफलहुने फोरमहरु बन्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले भने,‘चियापान जस्ता समारोहले सद्भाव बढाउन मद्दत गर्छ । अब चियापनहरु पार्टीगत फोरमहरुमा मात्रै सीमित हुनु हुँदैन । सबै राजनीतिक दलहरुको राष्ट्रिय हितमा छलफल हुने फोरमहरु बन्नुपर्ने आवश्यकता छ । सबै पार्टीका साझा मुद्दाहरु एउटै हुन् । विपल्प र हामीले पनि देशको समृद्धि चाहेका हौं । उहाँले राजेको बाटो र हामीले रोजेको बाटो फरक भए पनि मुलुकको समृद्धि भन्दा फरक कुनै पनि पार्टीले सोचेको छैनन् ।’
सभापति लामिछानेले सबै पार्टीका साझा मुद्दाहरू एउटै भएकाले सबैले देशको समृद्धि चाहेको बताए ।
Comment