काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी हकप्रद सेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेकौ छ ।
कम्पनीले सेयर निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन) मा कात्तिक २ गते आवेदन दिएको हो ।
एनएलजी इन्स्योरेन्सले पनि ९६ करोड ३१ लाख २२ हजार रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद सेयर निष्कासनका लागि बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीले १०:६.६ को अनुपातमा हकप्रद सेयर जारी गर्नेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा भने लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
Comment