ग्लोबल आइएमई लघुवित्तको नाफा २७% बढ्यो, जगेडा कोषमा ५० करोड संचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको खुद नाफामा सुधार आएको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २७.१५ प्रतिशतले बढेको छ ।

चालु आवको असोज मसान्तसम्म लघुवित्तले ३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ७३ लाख रुपैयाँ बढी हो । लघुवित्तले वर्ष असोसम्म २ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १३.८५ प्रतिशत बढेर १५ करोड ५७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा २६.७४ प्रतिशत बढेर ४ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तले ३ अर्ब २३ करोड १२ लाख रुपैयाँ निक्षेप संकलन गरी ७ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

हाल ६१ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ५० करोड ४३ लाख रुपैयाँ रहेको छ। असोज मसान्तसम्ममा लघुवित्तको वितरण योग्य मुनाफा ६७ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २.६२ रुपैयाँ बढेर २१.९८ रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म लघुवित्तको सो अवधिसम्ममा प्रतिशेयर नेटवर्थ १८१.५० रुपैयाँ, खराब कर्जा ४.७६ प्रतिशत र मूल्य आम्दानी अनुपात ३९.७६ गुणा रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।