डिस होमले सार्वजनिक गर्यो क्रिकेट खेलाडीलाई आकर्षक पुरस्कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालमा जारी टी–२० विश्वकप छनोटमा नेपाली खेलाडीलाई डिस होसले आकर्षक पुरस्कार घोषणा गरेको छ। डिस होमले विभिन्न पुरस्कार रकम घोषणा गरेको हो।

एकै इनिङ्समा सेन्चुरी प्रहार गर्ने र ५ विकेट लिने खेलाडीलाई २० लाख रुपैयाँ दिने भएको हो । शतक प्रहार गर्नेले १० लाख, ५ विकेट लिनेले ५ लाख तथा अर्धशतक प्रहार गर्ने र ३ विकेट लिने खेलाडीले १ लाख रुपैयाँ पाउनेछन्। त्यस्तै ३५ रन बनाउनेले ५० हजार र ३ क्याच या स्टम्पिङ गर्नेले ५० हजार रुपैयाँ पाउनेछन्।

नेपालले जारी छनोटमा सेमिफाइनलमा स्थान बनाइसकेको छ। समूहगत चरणको अन्तिम खेलमा बुधवार ओमानसँग खेल्दै छ। सेमिफाइनल जितेमा नेपालले विश्वकपमा स्थान बनाउने छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।