सेबोनले मुद्दती निक्षेपमा लगानी गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले लगानी योग्य रकमलाई बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।  सेबोनले बुधबार एक सूचना जारी गरी बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्नेबारे जनाएको हो।

सुचनाअनुसार सेबोनले बोर्डमा रहेको लगानी योग्य रकमलाई ‘नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७’ को अधिनमा रही मुद्दती खातामा लगानी गर्ने जनाएको छ ।

आफूले दिन सक्ने एक वर्षे ब्याजदरसहित इच्छुक ‘क’ वर्गका वाणिज्य बैंकले  सूचना प्रकाशित भएको ५ दिन अर्थात् कात्तिक १९ गते कार्यालय समयभन्दा एक घन्टा अगाडि योग्यता खुल्ने आवश्यक कागजातसहित सिलावन्दी प्रस्ताव पेश गर्न अनुरोध गरेको छ ।

प्राप्त शिलबन्दी प्रस्तावहरु कात्तिक १९ गते अपरान्ह ४:१५ बजे ललितपुरको खुमलटारस्थित बोर्डको कार्यालयमा खोलिने सेवोनले सूचनामा उल्लेख गरेको छ । बोर्डको लगानीसम्बन्धी नीति तथा सिलाबन्दी फारम बोर्डको वबसाइट मा राखिएको सेबोनले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।