काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मधेस प्रदेशमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राख्दै छ।
कात्तिक २२ र २३ गते मधेस प्रदेशमा केन्द्रीय समिति र संसदीय दलको बैठक राखिएको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए।
‘स्थानचाहिँ तय हुन बाँकी छ। केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राख्न लागेका हौं,’ उपसभापति अर्यालले भने।
Comment