स्रोत नखुलेको २२ लाख रुपैयाँसहित १६ वर्षीय किशोर पक्राउ

स्रोत नखुलेको २२ लाख रुपैयाँसहित १६ वर्षीय किशोर पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मोरङबाट प्रहरीले स्रोत नखुले २२ लाख रुपैयाँसहित १६ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ।

विराटनगर–६ शनि मन्दिर चोकबाट मंगलबार दिउँसो कालो झोलामा अवैध रूपमा बोकी ल्याउँदै गरेको अवस्थामा नेपाली रुपैयाँ नगद २१ लाख ८७ हजार सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीका अनुसार स्रोत नखुलेको रकम नेपाली रुपैयाँ एक हजार दरका १ हजार ६८७ थान र पाँच सय दरका १ हजार थान सहित पक्राउ गरिएको हो।

बलराम केसरीको नाममा रहेको कुमारी बैंक लिमिटेडको चेक बुक थान–१, रञ्जितकुमार साहको नाममा रहेको एनआईसी एसिया बैंकको चेकमा उमेशकुमार भगतको नाममा ८६ हजार, काटिएको चेक थान–१, ग्लोबल आईएमई बैंक लिमिटेडमा विभिन्न मितिमा १६ लाख ६९ हजार ५ सय रुपैयाँ जम्मा गरेको रसिद ४ थान र उनले प्रयोग गरेको प्रदेश १–०२–०४३ प ६२४१ नम्बरको पल्सर मोटरसाइकल समेत बरामद गरेको प्रहरीले जनाएको छ।

Recent Comments

No comments to show.