काठमाडौं । वेस्ट बैंकको जेनिन शहरमा भएको इजरायली सेनाको आक्रमणमा चार प्यालेस्टिनीको मृत्यु भएको छ।
इजरायली सेनाले चलाएको गोली लागेर चारजनाको मृत्यु भएको हो। अन्य ६ जना घाइते भएको सञ्चारमाध्यमले जनाएका छन्।
आक्रमणका कारण शरणार्थी शिविरको पूर्वाधारमा ठूलो क्षति पुगेको छ। क्याम्पमा प्यालेस्टिनी लडाकु र इजरायली सेनाबीच झडप भएको हो।
मारिएकामध्ये एक जना इस्लामिक जिहाद अफसुट जेनिन बिग्रेडका संस्थापक २७ वार्षीय वाम इयाद हानौन रहेको बताइएको छ।
Comment