मौसम पूर्वानुमान : यी स्थानमा आज सामान्य वर्षा र हल्का हिमपात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  देशका केही भू–भागमा आज सामान्य वर्षा र हिमपातको सम्भावना छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ।

महाशाखाकाअनुसार दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षाको सम्भावना छ। 

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ। महाशाखाका अनुसार राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।