मलेसियालाई हराउँदै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा

मलेसियालाई हराउँदै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । घरेलु टोली नेपालले आइसिसी टि२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा लगातार दोस्रो जित हात पारेको छ ।

आईसीसी टी–२० विश्वकप एसिया छनोट क्रिकेटमा ब्याट्सम्यान कुशल मल्ल र कुशल भुर्तेलको विष्फोटक ब्याटीङका कारण नेपालले सानदार जीत हात पारेको हो ।

नेपालले मलेसियाविरुद्ध ६ विकेटको जित हात पारेको हो।  मलेसियाले नेपालसामू जितका लागि १ सय ६६ रनको चुनौती पछ्याउने क्रममा ३४ बलमा मल्लले सात वटा छक्का र दुई चौकाको मद्धतमा ६  रन बनाए भने भुर्तेलले ४३ रन बनाएका थिए।  

सोमबार सिंगापुरविरुद्ध उनले एक बलमा छक्का हान्दै खेल सकेका थिए। भुर्तेलले २५ बलमा चार चौका र चार छक्का प्रहार गरे। भुर्तेलले सोमबार सर्वाधिक ७४ रन बनाएका थिए।  सिंगापुरविरुद्ध उनले ४८ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरेका थिए।

यस्तै आशिफ सेख ३२ रन बनाएर आएट भए। उनले २३ बलमा ३२ रन आउट भएका हुन्।उनले एक चौका र दुई छक्का हाने। कप्तान रोहित पौडेल ८ बलमा दुई रन बनाएर आउट भए। सन्दीप जोरा १६ बलमा १८ र विवेक यादवले दुई बलमा २ रन अविजित रहे। 

त्रिवि क्रिकेट मैदान किर्तीपुरमा टस जितेर पहिला ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै  १ सय ६५ रन बनाएको हो। 

आक्रामक सुरुवात गरेको मलेसियाले पाँच ओभरमा बिना क्षति ५४ रन बनाएको थियो। छैटौं ओभरमा मलेसियाको पहिलो विकेट खसेको थियो।  त्यसपछि मलेसियाको आक्रामक ब्याटिङमा नेपालले नियन्त्रण गरेको थियो।

Recent Comments

No comments to show.