नियम उल्लंघन र कारवाही प्रकृया लागि लाइसेन्सकाे सक्कल नै चाहिन्छ: उपत्यका ट्राफिक प्रहरी

नियम उल्लंघन र कारवाही प्रकृया लागि लाइसेन्सकाे सक्कल नै चाहिन्छ: उपत्यका ट्राफिक प्रहरी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन र कारवाही प्रकृयाको क्रममा भौतिक रुपमा सक्कलै सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवश्यक पर्ने स्पष्ट पारेको छ ।

नागरिक एपले सोमबार सार्वजनिक सूचना जारी गर्दै ट्राफिक चेकिङ हुँदा नागरिक एपबाट लाइसेन्स देखाउन सक्ने जनाएको थियो । तर त्यसको केही समय पछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सामाजिक संजाल फेशबुक मार्फत नागरिक एपमा लाइसेन्स लिंक गरी ट्राफिक चेकिङमा चालकले डिजिटल रुपमा लाइसेन्स देखाउन सक्ने बताएसँगै ट्राफिक प्रहरीले नागरिक एपमा लिंक रहेको सवारी चालक अनुमति पत्रले उक्त चालक लाईसेन्स प्राप्त गरेको व्यक्ति हो होईन भन्ने कुराको जानकारीको लागि मात्र मान्य हुने बताएको हो ।

ट्राफिक नियम उल्लंघन र कारवाही प्रकृयाको क्रममा भौतिक रुपमा सक्कलै सवारी चालक अनुमति पत्र आवश्यक पर्ने भन्दै ट्राफिक प्रहरीले नागरिक एपमा ड्राइभिङ लाइसेन्स (अनुमति चालक पत्र) लिंक गरेकाहरुले लाईसेन्स प्राप्त गरेको व्यक्ति हो होईन भन्ने मात्र जानकारी दिने हुँदा ट्राफिक नियम उल्लंघन र कारवाही प्रकृयाको क्रममा भौतिक रुपमा सक्कलै सवारी चालक अनुमति पत्र चाहिने बताएको हो ।

Recent Comments

No comments to show.