काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंकले आफ्नो १९ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मनाएको छ । बैंकले बिहान ७ बजे का.म.न.पा वडा नं ४, टुँडालदेवी मन्दिर परिसरको सरसफाइ गरी वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेको हो ।
सरसफाइ कार्यक्रममा बैंकका कर्मचारीहरू तथा सामुदायिक प्रहरी सेवा केन्द्र, टुँडालदेवी काठमाडौंको उत्साहपूर्ण सहभागिता रहेको थियो । मन्दिर परिसरको सरसफाइ पश्चात् बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौँकै प्राङ्गणमा एक कार्यक्रम आयोजनामा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा आँखा अस्पताललाई रकम दुई लाखको आर्थिक सहयोग उपलब्ध गराइएको थियो।
वार्षिकोत्सव कार्यक्रममा बैंकका अध्यक्ष उज्ज्वल सत्याल लगायत बैंकका सञ्चालकहरू तथा तिलगंगा आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङकोसमेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले अस्पतालले प्राप्त गरेको सो रकमको उच्च सदुपयोग हुने विचार व्यक्त गरिन । साथै बैंकको वार्षिकोत्सवकै अवसर पारेर केन्द्रीय कार्यालय बालुवाटार काठमाडौं र नेपालगन्ज क्लष्टर कार्यालयमा गरी जम्मा १३२ जनाले रक्तदान समेत गरे ।
कार्यक्रममा बैंकमा ५ वर्ष भन्दा बढी अवधि काम गरेका कर्मचारीहरूलाई एक्सेलेन्स अवार्ड वितरण तथा केक कटिङसमेत गरिएको थियो । बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले बैंकको १९औँ वार्षिकोत्सवले थप ऊर्जा प्रदान गरेको आगामी दिनमा बैंकलाई उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया