काठमाडौं । जगदगुरु रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगी सिद्धबाबामाथि लागेको करणी मुद्दाको आरोपमा पाएका दोस्रो सफाइको पूर्णपाठ सार्वजनिक भएको छ ।
एउटै अदालतबाट पाएका दोस्रो पटकको सफाइको पूर्णपाठमा पीडितले गरेको दाबी नै ‘पत्यारलायक’ नरहेको पृष्टि अदातलले गरेको छ।
मुख्य प्रमाणको रुपमा पेश भएको ‘अडियो रेकर्ड’ कोविश्वसनीयतामा पनि प्रश्न उठेका कारण प्रमाणको रुपमा ग्रहण गर्न नमिल्ने उल्लेख छ । अडियो फाइलको सोर्स थाहा भएन कुन डिभाइसमा रेकर्ड भएको हो भन्न सक्दिन, ओरिजिनल रेकर्ड के कति पटक ट्रान्सफर/कपी गरेको थाहा भएन …..भनी लेखाएको देखिन्छ,’ पूर्णपाठमा भनिएको छ, ‘…. जाहेरवालीले नियोजित रुपमा प्रतिवादीको भ्वाइस रेकर्ड गरेर आफू अनुकल इडिट गरी अडियो रेकर्ड प्रहरीलाई उपलब्ध गराई सोही अडियो रेकर्डलाई जाँच गर्न पठाएको देखिन्छ यसरी जाहेरवाली र प्रतिवादीबीच भएको भनिएको अडियो रेकर्ड जाँच गरी प्राप्त प्रतिवेदनलाई भरपर्दाे र विश्वसनीय प्रमाणको रुपमा ग्रहण गर्न मिल्ने देखिएन।’
अदालतले घटनास्थल मुचुल्काले पनि वारदात स्थापित हुन नसक्ने, महिलाको मेडिकल जाँचले पनि बलात्कार भएको स्पष्ट नदेखिने फैसलामा उल्लेख छ । पीडितको शरीरमा कुनै जबरजस्तीको चिह्न पनि नभेटिएको उल्लेख छ।
फैसलामा घटना भएको करिब एक महिनापछि मुद्दा दर्ता गर्नुलाई पनि तर्कपूर्ण नभएको उल्लेख छ ।
पूर्णपाठमा भनिएको छ, ‘४ कात्तिक २०७६ मा घटना भएको भनिएकोमा ११ मंसिर २०७६ मा मात्र काठमाडौंको टेकुस्थित प्रहरी कार्यालयमा जाहेरी दिएको देखिन्छ । यसरी लामो समयसम्म जाहेरी नदिनु पर्नाको युक्तियुक्त आधार कारण वादी पक्षले खुलाउन सकेको देखिदैन।’
प्रतिक्रिया