छ महिनासम्म बक्यौता रकम नबुझाउने दुई सय ७६ ग्राहक कालोसूचीमा

छ महिनासम्म बक्यौता रकम नबुझाउने दुई सय ७६ ग्राहक कालोसूचीमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले दुई सय ६७ ग्राहकलाई कालोसूचीमा राखेको छ । छ महिनासम्म पनि बक्यौता रकम नबुझाउने ग्राहकलाई केन्द्रले कालोसूचीमा राखेको हो ।

कालोसूचीमा परेका ग्राहकबाट ७३ लाख तीन हजार बक्यौता उठाउन बाँकी रहेको छ । कार्यालयका इञ्जिनीयर राजेन्द्र पौडेलका अनुसार घरायसी बिजुली उपभोग गर्ने दुई सय १४ ग्राहक कालोसूचीमा परेका छन ।

यस्तै ३९ वटा उद्योग, छ वटा संस्थागत, तीन वटा पानी उद्योगलाई पनि कालो सूचीमा राखिएको छ । लामो समयसम्म बक्यौता रकम नतिर्ने ग्राकलाई कालोसूचीमा राख्ने र दुई महिनासम्म महसुल नबुझाउने ग्राहकको लाईन काट्ने काम सुरु गरिएको उनले बताए ।

दुई महिनासम्म विद्युत् महसुल नबुझाउने ग्राहकको लाइनकाट्ने काम आइतबारदेखि सुरु गरिएकामा पहिलो दिन विद्युत् महसुल धेरै बाँकी रहेका दस ग्राहकको लाईन काटिएको छ ।

लाइन काटेसँगै कतिपयले रकमसमेत भुक्तानी गरिसकेका छन । प्राधिकरणका कर्मचारीले विद्युत् मिटरबक्स रिडिङ गरेको दुई महिनासम्म महसुल नबुझाउने ग्राहकको लाइन काट्न थालेको हो ।

इञ्जिनीयर पौडेलले भने, ‘सुरुवातमा विद्युत् महसुल धेरै भएका ग्राहकको लाइन काटिने छ । कम्तीमा दसहजारसम्म तिर्न बाँकी रहेका ग्राहकको लाईन काट्ने गरी काम अघि बढाएका छौँ ।’

दुई महिना नाघेका ग्राहकबाट मात्रै ३५ करोड ४१ लाख ५३ हजार शुल्क उठ्न बाँकी रहेको उनले जानकारी दिए । दुई वर्षभन्दा माथिको दस करोड ५६ लाख ४४ हजार बक्यौता रकम उठाउन बाँकी रहेको छ । कार्यालयले चालु आर्थिक वर्षसम्म ४३ करोड ५५ लाख ७८ हजार विद्युत् महसुल उठाउन बाँकी रहेको इञ्जिनीयर पौडेलले बताए ।

दुई महिनादेखि छ महिनासम्म महसुल नतिर्ने ग्राहकबाट चार करोड ९८ लाख २० हजार, छ महिनादेखि १२ महिनासम्मको महसुल नतिर्ने ग्राहकबाट दुई करोड आठ लाख २८ हजार, एक वर्षदेखि दुई वर्षसम्मको महसुल नबुझाउने ग्राहकबाट तीन करोड २९ लाख ५८ हजार उठ्न बाँकी रहेको छ ।

Recent Comments

No comments to show.