भारतको आन्ध्र प्रदेशमा २ रेल आपसमा ठोक्किँदा ९ को मृत्यु

भारतको आन्ध्र प्रदेशमा २ रेल आपसमा ठोक्किँदा ९ को मृत्यु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली । भारतकाे आन्ध्र प्रदेशको भिजियानगर जिल्लामा दुईवटा यात्रुवाहक रेल एकआपसमा ठोक्किएका छन्।  यस रेल दुर्घटनामा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने करिब ४० यात्रु घाइते भएका छन्। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी र आन्ध्र प्रदेशका मुख्यमन्त्री वाईएस जगनमोहन रेड्डीले यस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। विशाखापट्टनम-पलासा र विशाखापट्टनम-रायगडा चल्ने दुई रेल आपसमा ठक्कर खाँदा दुर्घटना भएको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ।

यो टक्करका कारण धेरै रेलको रुट परिवर्तन गर्नुपरेको थियो। अहिले रेलमार्ग सफा गर्ने काम भइरहेको छ।

Recent Comments

No comments to show.