इजरायलमा मृत्यु भएका थप तीन नेपालीको शव पहिचान, दुईजना अझै अस्पतालमा

इजरायलमा मृत्यु भएका थप तीन नेपालीको शव पहिचान, दुईजना अझै अस्पतालमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  इजरालयमा प्यालेस्टाइनी समूह हमासको आक्रमणमा पारिएका थप ३ जना नेपालीको शव पहिचान भएको छ ।

इजरायलको तेल अबिबस्थित नेपाली  दूतावासका अनुसार पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको पहिचान भएको  हो । दूतावासले उनीहरूको पासपोर्ट नम्बरसहित नाम सार्वजनिक गरेको छ । 

हमासको आक्रमणमा इजरायलमा १० नेपाली मारिएका थिए । तीमध्ये ५ जनाको शव यसअघि नै पहिचान भई नेपाल ल्याइसकिएको छ । बाँकी दुई जनाको भने हालसम्म शव पहिचान हुन सकेको छैन ।

दूतावासले उपलब्ध सम्पूर्ण संयन्त्रहरूको प्रयोग गरी सम्पर्कविहीन रहेका विपीन जोशीको खोजी कार्य जारी राखिएको जनाएको छ । 

Recent Comments

No comments to show.