हकप्रद बिक्रीको अनुमति माग्दै एनएलजी इन्स्योरेन्सले बोर्डमा दियो आवेदन

हकप्रद बिक्रीको अनुमति माग्दै एनएलजी इन्स्योरेन्सले बोर्डमा दियो आवेदन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनएलजी इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ६६ प्रतिशत अर्थात् १०:६.६ सेयर अनुपातमा हकप्रद जारी गर्न अनुमति माग्दै कात्तिक २ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद जारी गर्न लागेको हो ।

नियनमक निकाय बीमा समितिले तोकेको साढे २ अर्ब चुक्ता पूँजी पुर्याउन कम्पनीले हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

हाल १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि २ अर्ब ४२ करोड २३ लाख रुपैयाँ रुपैयाँ पुग्नेछ।

Recent Comments

No comments to show.