एलजीले टिभी र होम अप्लाइन्सेसको लागि ग्राहकहरुको सन्तुष्टिमा शीर्ष स्थान दाबी

एलजीले टिभी र होम अप्लाइन्सेसको लागि ग्राहकहरुको सन्तुष्टिमा शीर्ष स्थान दाबी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले टिभी र प्रमुख होम अप्लाइन्सेसको लागि २०२३ अमेरिकी कस्टमर स्याटिसफ्याक्सन इन्डेक्स (ACSI) सर्वेक्षणबाट उत्कृष्टताको मान्यता प्राप्त गरेको छ। ग्राहकको प्रतिक्रियामा आधारित उत्कृष्ट उत्पादनहरू प्रदान गरेर उपभोक्ताहरूको दैनिक जीवनलाई समृद्ध बनाउने एलजीको दृढ प्रतिबद्धतालाई अमेरिकी कस्टमर स्याटिसफ्याक्सन इन्डेक्स नतिजाहरूले जोड दिन्छ ।

अमेरिकी कस्टमर स्याटिसफ्याक्सन इन्डेक्स एक प्रख्यात र एक मात्र अमेरिकी संस्था हो जसले उद्योगहरूको ग्राहकको सन्तुष्टि मापन गर्दछ । दुई दशकभन्दा बढी विशेषज्ञता भएको उक्त संस्थाले विभिन्न प्रकारका उद्योगहरूको विस्तृत  मूल्याङ्कन गर्दछ । अमेरिकी कस्टमर स्याटिसफ्याक्सन इन्डेक्स सर्वेक्षणका निष्कर्ष अत्यन्त विश्वसनीय मानिन्छ जुन ५ लाख भन्दा बढी ग्राहकहरूको अन्तर्वार्ताबाट साभार गरिएको हो । 

एलजीले यस वर्षको अमेरिकी कस्टमर स्याटिसफ्याक्सन इन्डेक्स टिभि क्याटगोरीमा ८३ स्कोर रेकर्ड कायम गरी शीर्ष स्थान हासिल गर्न सफल रह्यो, जुन ४ प्रतिशत उल्लेखनीय वृद्धि हो ।  एलजी टिभीले उत्पादनको स्थायित्व, इन्टर्नल कन्फिगरेसन, बाहिरी डिजाइन र वारेन्टी कभरेज लगायत धेरै क्याटगोरीमा ग्राहकहरू माझ लगातार उत्कृष्ट प्रदर्शन गरेको छ ।

साथै होम अप्लाइन्सेसको विधामा एलजीले लगातार दुई वर्ष पहिलो स्थान हासिल गरेको छ । गत वर्ष ८१ स्कोर हासिल गर्ने एक मात्र उत्पादक रहेको एलजीले, यस वर्ष ८२ अंकको साथ गौरवपूर्ण स्याटिसफ्याक्सन इन्डेक्स हासिल गरेको छ । जुन एलजीको अघिल्लो उपलब्धिभन्दा एक अंकको वृद्धि हो। 

एलजीले आफ्नो भिजनलाई दिगो तथा वातावरण मैत्री प्रविधिसँग एकबद्ध गरेको छ । अमेरिकी ऊर्जा विभागले उत्पादकहरुलाई होम अप्लाइन्सेसमा पानी र ऊर्जा खपत घटाउनका लागि विभिन्न नियमहरू र मापदण्डहरू निर्माण गरेको छ । यी सत्प्रयासका माझ, एलजी वातावरण संरक्षणमा सदैव समर्पित रहेको छ ।

एलजीले नेपालमा पनि बिगत ३५ बर्ष देखि दिगो तथा वातावरण मैत्री प्रविधियुक्त उत्कृष्ट उत्पादनहरू भित्र्याएर ग्राहकको उच्चतम सन्तुष्टि हासिल गरिरहेको छ। नेपाल अधिराज्यभर एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।

Recent Comments

No comments to show.