खसी-बोका परीक्षणमा सरकारको कडाइ: स्वस्थको सिङमा हरियो, रोगीलाई रातो रङ लगाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले उपत्यकाका विभिन्न ११ वटा स्थानबाट खसीबोकाको स्वास्थ्य परीक्षण शुरु गरेको छ । खसी-बोका र च्याङग्रा परीक्षण गरी शुद्ध र स्वस्थ्य खसी-बोकाको सिङमा ‘हरियो’ रङ  रोगीको सिङमा भने रातो रङ लगाउने छ । 

सिंग हेरेर छान्नुस् खसी

चौपायाको स्वास्थ्य परीक्षण गरी पशु स्वास्थ्य निर्देशनालयले रंग लगाउने गर्छ । पशु प्राविधिकहरूले चौपायाको स्वास्थ्य परीक्षण गरेर स्वस्थ र उपभोगयोग्य चौपायामा हरियो रंगको चिह्न लगाएका हुन्छन् भने बिरामी र उपभोग गर्न नमिल्ने चौपायामा रातो रंग लगादिएका हुन्छन् । सामान्य स्वास्थ्य परीक्षण गरेर त्यसका आधारमा निर्देशनालयले रंग लगाउँछ।

यस्ता खसी हानिकारक

खसीबोकाको नाक र मुखबाट सिंगान र स्याल बगेको, पातलो दिसा भएर शरीरको पछाडीको भागमा यत्रतत्र टाँसिएका खसीबोकामा देखिने रोगका लक्षण हुन्।

यस्तै चोटपटक लागेर वा संक्रमण रोगबाट कानमा घाउ भएको वा रगत बगेको, शरीरको तापक्रम, गिजा र खुट्टाको खुरमा घाउ, झोक्राउने, सुस्त, दुब्लो, आँखामा चिप्रा र रातो आँखा, छिन छिनमै दिसा गर्ने, खुट्टाले भुइँ खोस्रिने, छिनछिनमा आकाशतर्फ फर्केर घुम्दै कराउने र लड्नेजस्ता लक्षण भएका खसीबोका रोगी मानिन्छन्।

परीक्षणको क्रममा यस्ता कुनै लक्षण नभेटिने खसीबोकालाई स्वस्थ्य ठहर गरेर सिङमा नखुइलिने विशेष खालको हरियो रंग लगाएर व्यापारीलाई बिक्री गर्न अनुमति दिइनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।