रोमान्टिक तस्वीर सेयर गर्दै श्रृंखला खतिवडाले स्वीकारिन् प्रेम सम्बन्ध

रोमान्टिक तस्वीर सेयर गर्दै श्रृंखला खतिवडाले स्वीकारिन् प्रेम सम्बन्ध

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  पूर्व मिस नेपाल श्रृंखला खतिवडा र संचार उद्यमी सम्भव सिरोहियाबीच प्रेम सम्बन्ध रहेको चर्चाभए पनि एक अर्कामा स्वीकार गरेका थिएनन् । चर्चाकै बीच इन्स्टाग्राममा आइतबार बेलुका सम्भवसँगको रोमान्टिक तस्वीर सेयर गर्दै सिरोहियासँगको प्रेमलाई सार्वजनिक रुपमा स्वीकारेकी छन् ।

उनले ठूलो आँटका साथ प्रेम सम्बन्धलाई सार्वजनिक गरेको उल्लेख गरेकी छन् । श्रृंखला लेख्छिन्- नमस्ते, हामी सम्भव र श्रृंखला हौं । हाम्रो बीचको नाम होपलेस(रोमान्टिक हो । हामी दुबै अन्तर्मुखी व्यक्तिलाई आफ्नो प्रेम सार्वजनिक गर्न ठूलै साहस उठाउनुपरेको छ । तर, यो हामीले भन्नैपर्ने समय हो ।’

Recent Comments

No comments to show.