काठमाडौं । इन्टरनेट र आइपीटीभी सेवा प्रदायक भायानेट कम्युनिकेसन २४ औं वर्ष पूरा गरेको छ । सन् १९९९ देखि सेवा उपलब्ध गराउँदै आएको कम्पनीले २४ औँ वार्षिक उत्सवको पुराना ग्राहकको इन्टरनेट निःशुल्क अपडेट गरिदिएको छ ।
भायानेटका अनुसार २०० एमबीपीएस इन्टरनेट ग्राहकको स्पीड अपग्रेड गरेर २५० एमबीपीएस, ३०० एमबीपीएसको ४०० एमबीपीएस बनाइदिएको छ । त्यस्तै, अन्यको पनि इन्टरनेट निःशुल्क अपग्रेड गरिएको छ ।
यस्तै, कम्पनीले वार्षिकोत्सव अफर अन्तर्गत ३ महिनासम्म १२५ एमबीपीएसको इन्टरनेट २ हजार ४२४ रुपैयाँ (भ्याट बाहेक) उपलब्ध गराउने छ । यस प्याकेजका नयाँ ग्राहकहरूले जडान शुल्कमा पनि उल्लेखनीय छुट पाउनेछन्।
साथै, भायानेटको चाडपर्व अफरअन्तर्गत सबै ३ महिना वा सोभन्दा माथिका भायानेट ग्राहकहरूले अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका उपकरणहरूमा ५० प्रतिशतसम्म छुट पाउनेछन्।
प्रतिक्रिया