नेपालीको उद्धारका लागि बुधबार राति नेपाल एयरलाइन्सको जहाज इजरायल जाने

नेपालीको उद्धारका लागि बुधबार राति नेपाल एयरलाइन्सको जहाज इजरायल जाने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ । परराष्ट्र मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार बुधवार राती ११ बजे दुबई हुँदै इजरायल जाने तयारी छ । 

गाजापट्टी क्षेत्रमा शासन गर्दै आएको प्यालेस्टिनी हमास समूहको आक्रमणपछि युद्धग्रस्त इजरायलमा रहेका नेपालीहरूले उद्धारका लागि अनुरोध गर्दै आएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

इजरायलस्थित नेपाली राजदूतावासले नेपाल फर्किन चाहनेको सूची अनलाइनमार्फत् दर्ता गरेको थियो। जसमा २ सय बढीले आवेदन दिएका छन्।  आक्रमणमा परी १० नेपालीको मृत्यु भएको थियो।  अझै कञ्चनपुरका विपीन जोशी सम्पर्कविहीन रहेका छन्।

Recent Comments

No comments to show.