प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक सोमबार दिउँसो साढे ३ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने भएको छ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको छ ।

संसद सचिवालयका अनुसार यसैगरी सभामुख घिमिरेले उक्त विद्युत विधेयक,२०८० माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

Recent Comments

No comments to show.