फोर्स मोटर्सका गाडीहरु खरिद गर्ने ग्राहकले रिलायन्स फाइनान्सबाट सहज कर्जा पाउने

फोर्स मोटर्सका गाडीहरु खरिद गर्ने ग्राहकले रिलायन्स फाइनान्सबाट सहज कर्जा पाउने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फोर्स ब्राण्डका सवारी साधनलाई रिलायन्स फाइनान्स लिमिटेडले सहज कर्जा उपलब्ध गराउन भएको छ।

नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले ग्राहकको सुविधालाई ध्यानमा राखि फाइनान्ससँग सहज कर्जा उपलब्ध गराउन वित्तीय सम्झौता गरेको हाे ।

आयाम इन्टरकन्टिनेटल प्रा.लि का तर्फबाट कम्पनीका अध्यक्ष डा.धु्रव थापा र रिलायन्स फाइनान्स लिमिटेडका तर्फबाट सीईओ समज प्रकाश श्रेष्ठ र डीसीईओ रामहरी आचार्य ज्यूले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यस सम्झौता अन्तर्गत आयाम इन्टरकन्टिनेटल प्रा.लि को सिफारिस प्राप्त ग्राहकहरुले फोर्स ब्राण्डका सवारीसाधन खरिदका लागि रिलायन्स फाइनान्सबाट अधिकतम ७० प्रतिशत सहजपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।

सरल र सहज कर्जा उपलब्ध गराउने उदेश्यका साथ यो सुविधा आयाम इन्टरकन्टिनेटल प्रा. लि.का देशभरि रहेका सम्पुर्ण डिलरहरु र रिलायन्स फाइनान्सका विभिन्न शाखाबाट कर्जा सुविधा उपलब्ध हुने जनाइएको छ । फोर्स मोटर्सको नेपालका २२ वटा प्रमूख स्थानहरुमा डिलर तथा सर्भिस सेन्टरहरु रहेका छन् ।

साथै फोर्स मोटर्सका गाडीहरु खरिद गर्न चाहाने ग्राहकहरुलाई दशैं र तिहारको अवसरमा कम्पनीले आकर्षक योजनाहरु सार्वजनिक गरेकोे छ । यस कम्पनीको अनुसार बैंकमा ग्राहकले तिर्नुपर्ने ब्याजमा ५०% क्यास ब्याक, एक्सचेन्जमा कम्तिमा ४ लाखको मुल्यांकन, १ वर्षको मर्मतसम्हार खर्च र बिमा फ्री लगायतका आपÞmरहरु सार्वजनिक गरेको छ ।

Recent Comments

No comments to show.