काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेका छ ।
बैंकले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (असोज २२ गते) बुकक्लोज मिति तोकेको छ । सो अनुसार आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।
बैंकले गत वर्षको नाफाबाट घोषणा गरेको १४.७९ प्रतिशत (९% बोनस सेयर र करसहित ५.७९% नगद) लाभांश घोषणा गरेको छ ।
बैंकले प्रस्तावित लाभांश पारित गर्न कात्तिक २ गते १९ औं वार्षिक साधरण सभा बोलाएको छ । बैंकको सभा कुण्डलिनी दरबार ब्याङ्गकेट, चण्डोल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
प्रतिक्रिया