देशभरका यी ९८ स्थानमा चाडपर्व लक्षित सहुलियत पसल संचालन हुँदै, कुन वस्तुमा कति छुट ?

देशभरका यी ९८ स्थानमा चाडपर्व लक्षित सहुलियत पसल संचालन हुँदै, कुन वस्तुमा कति छुट ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ।

सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आगामी मंसिर ३ गतेसम्म सहुलियत पसल सञ्चालन गर्नेछन्।

सुपथ पसलमा खाद्यान्न, तेल, दाल, गेडागुडी, घिउ लगायत दुग्धजन्य वस्तुहरु सहुलियतपूर्ण मूल्यमा पाइने छ । सुपथ पसलमा कम्तीमा ७ रुपैयाँदेखि बढीमा ५० रुपैयाँसम्म छुट पाइने छ । खाद्य व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानले वस्तु अनुसार छुट दिने छन् ।

मन्त्रालयका अनुसार चामल, दाल, गहुँ, आँटा, मैदा, चिउरा लगायत खाद्यन्नमा प्रतिकिलो ७ रुपैयाँ छुट पाइने छ । त्यस्तै, खानेतेलमा प्रतिलिटर ७ रुपैयाँ र नुनमा प्रतिकिलो २ रुपैयाँ छुट पाइने छ ।

खाद्य कम्पनीले जिउँदो खसीबोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने भएको छ भने साल्ट ट्रेडिङले प्रतिकिलो ९७ रुपैयाँमै चिनी उपलब्ध गराउने भएको छ ।

यसैगरी, दुग्ध विकास संस्थानल घिउमा प्रतिकिलो २० रुपैयाँ, पनिरमा प्रति २०० ग्राममा २० रुपैयाँ छुट दिने मन्त्रालयले जनाएको छ ।

आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ

यस्ता पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपलब्ध गराउने उद्देश्य सरकारले राखेको छ।

ती कम्पनीका काठमाडौँ उपत्यकामा रहेका बिक्री केन्द्र र तीन घुम्ती पसल गरी ३५ स्थानबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री वितरण हुनेछ।

राजधानीबाहिर मोरङ, झापा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिममा सुपथ पसल सञ्चालन हुनेछ।

यस्तै रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा सहुलियतपूर्ण पसल रहनेछन् ।

Recent Comments

No comments to show.